तनहुँ १ साउन
तनहुँका सदरमुकाम दमौलीमा भदौ ३ गते श्रीकृष्णजन्माष्टमी महामहोत्सव गरिने भएको छ । व्यास नगरपालिका वडा नं ४ संगम टोलमा रहेको संघको दमौली शाखाले उतm कार्यक्रम आयोजना गर्न लागेको हो । शुक्रवार दिउसो १२ बजेदेखी राती १२ बजेसम्म कार्यक्रम हुने दमौली शाखाका अध्यक्ष रसमण्डल दासले बताएका छन् । कार्यक्रमको अवसरमा हरिनाम संङ्कीर्तन, कृष्ण कथा लिला, कृष्ण झुला, औपचारिक कार्यक्रम अभिषेक, दीपदान, प्रसाद वितरण हुने संघका सचिव प्रमोद न्यौपानेले बताएका छन् । कार्यक्रम सम्पुर्ण दमौलीबासीलाई सहभागी हुन अनुरोध समेत गरेका छन् ।