अति बढ्यो महंगी र भ्रष्टचार , जनताको होइन माफियाको सरकार भन्ने मुल नारासहित एमाले व्यास नगरपालिकामा आबद्व मोर्चा संगठनहरुले दमौलीमा बिरोध प्रदर्शनी गरेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेमा आबद्ध मोर्चा संगठनले चर्को महंगी र भ्रष्टाचारको विरोधमा आज कोण सभा तथा बिरोध प्रदर्शनी गरेको हो ।

सरकारले महंगी नियन्त्रणका लागि कुनै पहल नगरेको, इन्धन तथा खाद्यान्नमा मूल्यवृद्धि, भ्रष्टाचार लगायत अनियमितता रोक्न कुनै कदम नचालेको भन्दै मोर्चाले बिरोध प्रदर्शन गरेको हो । उनिहरुले इन्धन तथा खाद्यान्नको मुल्यबद्धिी खारेज गर , परमादेशी सरकार मुर्दाबाद , परमादेशी सरकार चाहिँदैन, भ्रष्टाचार गर्न पाइँदैन, भ्रष्टाचारीलाई कारबाही गर् लगायतका नारा लगाएका थिए ।

तस्विर श्रोत :- मदन तिमिल्सिना