तनहुँको बन्दीपुर गाउँपालिकाले हिउँदे गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा आइतबार १४ औँ हिउँदे गाउँ सभा सम्पन्न भएको हो । गाउँपालिका सञ्चालनका लागि केहि नीति, ऐन, कानून तथा कार्यविधि समेत पारित गर्नुपर्ने भएकोले आवश्यक पर्ने ५ वटा नीति, ऐन, कानून र कार्यविधि समेत पारित गरिएको र अब तत्काल कार्यान्वयन समेत हुने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नवेशराज हमालले जानकारी दिनुभयो। हिउँदे गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष रावलले कर्मचारी र जनप्रतिनिधिले नै जनतालाई दिने सेवा प्रभावकारी बनाउने र विकास हुने भएकाले दुबै पक्ष सकारात्मक रुपमा लाग्नपर्ने र जनताले पाउने सेवा तथा विकासको कामको लागि कर्मचारीहरुलाई जनप्रतिनिधिले सहयोग गर्नेमा कुनै सकोच नराखी सहयोग गर्नुपर्ने बताउनुभयो । यसरी हिउँदे गाउँसभाद्वारा पारित गरिएका कानुनमा २०७९ पर्यटन ऐन पहिलो संसोधन २०८०, मनोसामाजिक ऐन २०८० खरिद ऐन संसोधन, २०८० को बिनियोजन ऐन को पहिलो संसोधन र स्वंयम सेवक शिक्षा नियामावली निमार्ण रहेका छन् । गाउँपालिका उपाध्यक्ष पञ्चमायाँ गुरुङले प्रस्तुत गगरिएको प्रतिबिेदन र बिधायन समितिका संयोज बलबहादुर गुरुङले पेश गरेको बिधेयक र ऐन पारित भएको गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले बाउनुभयो ।