तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको २८ ओैँ वार्षिक साधारण सभा एंव १२ औँ अधिवेशन भोली समापन हुदैछ । पौष २१ गते साधारण सभा तथा पौस २२ गते ( भोली ) निर्वाचन प्रक्रिया हने भएको छ । साधारण सभा नजिकिदै गर्दा व्यास २ का युवा समाजसेवी राजकुमार श्रेष्ठ (राकु) ले सभापति पदमा उमेदवार दिनुभएको छ । एक कार्यकाल एकाइ को सभापतिमा सफल कार्यकाल काम गरिसक्नुभएको श्रेष्ठ बिभिन्न संघसस्थामा आबद्ध हुनुन्छ ।

लाएन्स क्लब अफ तनहुँ दमौलीको संस्थापक अध्यक्ष एबं जिएस्टी चिफ, व्यासभुमि यातायात समितिको संस्थापक अध्यक्ष, लोक दोहोरी प्रतिस्ठान तनहुँ को सल्लाहकार, नव दुर्गा भवानी मन्दिर संरक्षाण समितिको सल्लाहकार तथा आजीवन सदस्य, सामुदाईक सेवा केन्द्रको संस्थापक सदस्य, रिस्ति मादी अस्पतालको संस्थापक अध्यक्ष लगाएत दर्जनौ संसस्थामा सकृय पदमा रहेरा कम गरिसक्नुभएको छ ।

हाल व्यास २ गणेशमान चोकमा राकु मेडिकल र खुशी रेष्टुरेण्ट सन्चाल गर्दै आउनुभएको राकु तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको सभापति पदमा उमेदवार दिदै आफुलाई जिताउन उधोगी ब्यवसायी लाई आग्रह गर्नुभएको छ ।

मृगौला पिडतलाई राहात संकलन एब दिन दुखिलाई अौसधी उपचार गर्ने, कोरोनाका कारण खान नपाउने जिल्लावासी तथा वहिय पर्यटकलाई खाना खुवाउने तथा राहात बितरण, निम्न बर्गका सडक मानबलाई कपडा बितरण एबं आर्थिक सहयोग, चाडपर्वमा खाध्यना सहयोग लगाएतका सामाजिक कार्यमा अग्रसर रहनुभएको राकु बिगतको सामाजिक कार्यका कारणपनी जित्न सक्ने सम्भावना अब्बल देखिएको स्थानीयहरु बताउछन ।






