तनहुँ २४ साउन
तनहुँ देवाघाट गाउँपालिका– ५ क्युदीमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रिभेज तामाङ्ग रहेका छन् । गत साउन १७ गते मंगलबार सोही वडा स्थित ग १ क ३०३४ नम्बरको बसले ठक्कर दिदाँ घाइते भएका थिए । बालकको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो । उक्त बसका चालक सोही वडा निवासी ४४ बर्षीय खम बहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।