व्यास नगरपालिका कार्यालयले साउन २४ गते मंगलबार बिश्व आदिवासी जनजाति दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको व्यास नगर कार्यपालिकाको नियमित बैठकले उक्त निर्णय गरेको हो । उक्त बैठकमा उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो । 
उक्त बैठकले विश्व आदिवासि जनजाति दिवस साउन २४ गतेका दिन व्यास नगरपालिका अन्तरगतका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा कार्यालयहरुमा विदा दिने निर्णय गरेको हो । 
सितलचोक युवा क्लबद्वारा आयोजित मेयर कप फुटवल प्रतियोगिता र अन्तराष्ट्रिय आदिवासी जनजाति दिवसका लागि सहयोग गर्ने निर्णय गरेको छ । 
व्यास नगरपालिका अन्तरगतका मादी सेति नदिबाट उत्खनन हुने ढुङ्गा गिट्टी बालुवा उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणिय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको छ । 
महालेखा परिक्षक कार्यालयबाट प्राप्त आ.ब २०७७÷०७८ को लेखापरिक्षण प्रतिवेदन कार्यपालिका बैठकमा प्रस्तुत गरी बेरुजु फर्छ्यौट अभियानलाई तदारुकता दिन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिइएको बताएको छ ।