श्रावण २० दमौली
राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश सभापति डा ढाकाकुमार श्रेष्ठले राजनीतिलाई पेशा बनाउन नहुने बताएका छन् । शुक्रबार आयोजित तनहुँ जिल्ला भेलालाई सम्बोधन गर्दै श्रेष्ठले उक्त कुरा बताएका हुन् । राजनीतिलाई पेशा बनाउनु भनेको भ्रष्ट भनेका छन् । उनले पहिला कुनै राजनीतिमा प्रवेश नभएको र अब आफूहरुले काम गरेर देखाउने लागि राजनीतिमा प्रवेश गरेको बताएका छन् । स्वास्थ्य स्थिति कमजोरको कारण वन्चित हुनुपरेको र अब स्वास्थ्यको जिम्मा हामी लिन्छौ उनले भने । एकचोटी विश्वास गरेर हेनुहोस हामी काम गरेर देखाउछौ, हामी नेता होइनौ, हामीले गरेका प्रतिबद्वता पुरा नगरे कालोमासो लगाइदिनुहोस् उनले भने । उक्त कार्यक्रममा तनहुँका स्थानिय समाजसेबी सूर्यमणि पौडेलले रवि लामिछानेको पार्टीले केही गर्छ भन्ने विश्वास भएकोले कार्यक्रममा आएको बताएका छन् ।