नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भोली दमौली आउनुहुने भएको छ । देउवा नेपाली काङ्ग्रेस तनहुँ वी.पी . स्मृति भवनको उद्घाटन तथा कांग्रेस तनहुँको जिल्ला सम्मेलनमा सहभागी हुन अाउन लाग्नुभएकाे हाे ।आइतबार नेपाल प्रेस युनियन तनहुँले पत्रकार सम्मेलन गर्दै उक्त कार्यकमको पुरा तयारी गरिसकेको जनाकारी गरिएकाे हाे । कार्यक्रमका लागि पार्टी सभापति देखि केन्द्रिय तहका नेताहरु समेत उपस्थित हुने प्रचार प्रचार समितिका संयाेजक डम्बरबहादुर अधिकारीले बताउनु भयाे । उक्त कार्यक्रमा भवन निर्माणमा सहयाेग गर्ने देखि जग्गा दातालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको अधिकारी बताउनुभयो। १कराेठ ७२ लाख लागतमा सम्पन्न भवनकाे १ हजार ८ सय ४७ जना चन्दादाता रहेका छन् ।
