तनहुँ १३ साउन
तनहुँ बन्दिपुर गा पा वडा नं १ डुम्रे बजार स्थितमा रहेको चन्द्रावती होटलबाट सय दश एम्पुल लागूऔषध सहित तीन युवकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका–२ परेवाडाँडा निवासी सागर क्षेत्री,मस्याङदी गाउँपाकिला–९ खुदी का दिपेन्द्र भण्डारी र सोही जिल्ला बेशिशहर–२ का बिनोद शाही पक्राउ परेका हुन् । तनहुँ ईलाका प्रहरी कार्यालय भानुले खटिएको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्न सफल भएको हो । उनीहरुको साथबाट नूफिन ७०,डाइजेपाम ७० र फेनेरागन ७० गरी उक्त परिमाणमा लागुऔषध बरामद भएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् । तीनै जना युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको खड्काले बताएका छन् ।