म्याग्दे गाँउपालिकाको १५ औ गाँउसभा सम्पन्न भएको छ । पालिकाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको गाँउसभामा ३ वटा विधेयक पास भएको छ भने एउटा ऐन पास भएको छ । पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले गाँउपालिकामा संकल्प प्रस्ताव पेश गरेका कार्यक्रममा समितीका संयोजकहरुले सभामा विधेयक पेश गरेका थिए । गाँउसभामा संस्थाथत क्षमति विकास तथा सेवा प्रवाह समिती संयोजक चिनीमाया थापाले पालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न वनेको विधेयक २०८० पेश गरेका थिए । त्यसैगरि वातावरण समितीका संयोजक शिव वहादुर आलेले पालिकाको वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन गर्न वनेको विधेयक २०८० पेश गरेका थिए । यसैगरि गाँउसभामा म्याग्दे गाँउपालिकाको नगर प्रहरी व्यवस्थापन गर्न वनेको विधेयक २०८० संस्थागत क्षमता विकास तथा सेवा प्रवाह समिती संयोजक चिनीमाया थापाले पेश गरेका थिए ।

पेश गरेका सवै विधेयकमाथी गाँउसभाका सदस्यहरुले दफावार छलफल गरि पारित गरेका थिए । यसैगरि गाँउसभामा स्वास्थ्य तथा सरसफाई ऐन २०७७ पहिलो संशोधन गरिएको छ । सामाजिक विकास समिती संयोजक टुकराज अधिकारीले उक्त ऐन संशोधन पेश गरेका थिए । गाँउसभामान्यायिक समितीको अर्धवार्षिक प्रतिवेदन संयोजक वालकृष्ण घिमिरे, सार्वजनिक लेखा समितीको अर्धवाािर्षक प्रतिवेदन संयोजक शिव वहादुर क्षेत्री, सुशासन समितीको अर्धवार्षिक प्रतिवेदन संयोजक सुनिता नेपालीले पेश गरेका थिए । यसैगरि म्याग्दे गाँउपालिका नगरी प्रहरी व्यवस्थापन ऐन २०८० को दफा १० मा भएको व्यवस्था अनुसार नगर प्रहरी पदपुर्तिका लागी प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिती गठन गरिएको छ । पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले सहजीकरण गरेका उक्त कार्यक्रममा गाँउसभाका सदस्यहरुले राखेका धारणा माथी अधिकारीले प्रकाश पारेका थिए । यो सँग गाँउसभावाट ३० वटा नितिगत निर्णयहरु समेत पारित गरिएको छ ।