साउन ११ तनहुँ
तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा अवरुद्ध भएको पृथ्वीराजमार्ग सडक सञ्चालनमा अएको छ । बिहान सडकको बीच भागमा ट्रक पल्टिए पछि अवरुद्ध भएको छिर्कने–डुम्रे सडक सञ्चालनमा आएको हो । ग १ ख ४७९२ नं को बालुवा बोकेको ट्रक पल्टिए पछि उक्त सडक दुईतर्फी रुपमा अवरुद्ध भएको थियो । दुईतर्फी रुपमा सडक सञ्चालनमा आउन अझै केही समय लाग्ने देखिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । क्रेनको सहायताले ट्रकलाई सडकको छेउमा ल्याइएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको हो ।