तनहुँ ९ साउन
तनहुँमा नौ जनामा कोरोना पोजेटिभ देखिएको छ । ३ महिला र ६ पुरुषमा कोरोना संक्रमित देखिएको हो । स्वास्थ्य कार्यालय तनहुँका अनुसार व्यासमा पुरुष तीन, महिला एक,शुक्लामा पुरुष तीन र बन्दिपुरमा महिला दुई संक्रमित रहेका छन् । तनहुँमा हालसम्म महिला ६४ र पुरुष ९७ गरी एक सय एकसठ्ठी जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।