साउन ९ दमौली
पत्रकार महासंघको विधान लेख्न बरिष्ट पत्रकार भुपनिधि पन्थलाई स्वतन्त्र पत्रकार संघ नेपालले एक कार्यक्रमका बिच सम्मान गरेको छ । स्वतन्त्र पत्रकार संघ नेपालले उनलाई नगद रु २५ हजार सहित सामाजिक पत्रकारिता पुरस्कार प्रदान गरेको हो । प्रजातन्त्र सेनानी संध कास्कीका सभापति एंव वरिष्ठ समाजसेवी लीलाभतm आचार्य र स्वतन्त्र पत्रकार संध नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले फलमाला ,दोसल्ला र पुरस्कार प्रदान गरी पन्तलाई गरेका हन् ।
गण्डकी प्रदेशको राजधानी पोखरामा जिल्ला अध्यक्ष एंव सचिवहरुको बृहत भेलामा उनलाई संघले सम्मान गरेको थियो । सन् १९४१ जनवरी १ मा पाल्पाको तान्सेनमा जन्मिएको पन्थको लम्जुङ उदिपुर गाबिसमा स्थायी ठेगना भई कर्म थलो पोखरा बनाएका उनी हालसम्म विभिन्न विधानमा पुरस्कृत भैसकेका छन् । पोखरेली युवा साँस्कृतिक परिवारको आजीवन सदस्य , अलिमिँया लोक वाङमय प्रतिस्ठान, पोखराको सल्लाहाकार, लम्जुङ पोखरा सम्र्पक समितिको संस्थापक अध्यक्ष एंव संरक्षक लगाएत विभिन्न सामाजिक संस्थामा सक्रिय पदमा कार्य गरिसकेका पन्थको विभिन्न पत्रपत्रिकामा लेख, निबन्ध, समसामहिक रचना तथा कृतिहरु प्रकाशित भइसकेका छन् । सरकारी वकिल तथा न्याधिस बनिसकेका पन्थ वि।स २०५९ सालमा दयाशंकर स्मृति पत्रकारिता पुरस्कार पोखराले पनि सम्मान गरिसकेको छ ।
वरिष्ठ समाजसेवी लीलाभक्त आचार्यबाट स्थापित तथा स्वतन्त्र पत्रकार संघ नेपालद्वारा संचालित सो पुरस्कारबाट यसअघि भैरव रिसाल सम्मानित भएका थिए त्यस अवसरमा वरिष्ठ समाजसेवी आचार्यले लेखन र पत्रकारिता माध्यमबाट समाजमा चेतना फैलाउने अग्रज व्यक्तिलाई सम्मान गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए । उनले स्वतन्त्र पत्रकारले मात्र यथार्थ कुरा लेख्न सक्ने विचार राखे ।
सम्मानित पत्रकार भूपनिधि पन्तले नेपाल पत्रकार महासंघको विधान मस्यौदा आफूले गरेको स्मरण गर्दै महासंघकै पत्रकार विधानविपरीत राजनीतिमा लागेको देखिएको टिप्पणी गरे । त्यस अवसरमा उनले स्वतन्त्र पत्रकार संघ नेपालले संघर्षका साथ पत्रकारिताको मर्यादा पालन गरेकोमा खुसी व्यक्त गरे ।
लेखक प्र्रेमराज अधिकारीले आफूले पत्रकार पन्तलाई एक निष्ठावान् व्यक्तित्वको रुपमा पाएको बताए । संघका सल्लाहकार डा। इन्दुल केसीले स्वतन्त्र पत्रकार संघले पुरस्कारको लागि उत्कृष्ट पात्र छनोट गरेको आफूले महसुस गरेको बताए ।