तनहुँको व्यास नगरपालिका स्थित विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा गठित नेपाल युवा रेडक्रस सर्कलले १० औ अधिवेशन तथा साधरण सभा आज सर्कलका अध्यक्ष सुनिता तिवारीको अध्यक्षता सपन्न गरेको छ । उक्त साधरण सभाले युवा रेडक्रस सर्कलको क्याम्पस ईकाइ बर्ष २०८०।८१ को लागि सुमन खड्काको अध्यक्षतामा ११ जनाको कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

आदिकवि भानुभक्त क्याम्पस गठित नेपाल युवा रेडक्रसको १० औ अधिवेशन

अधिवेशनबाट उपाध्यक्ष पुष्पा पण्डित, सचिव मैसमी थापा, कोषाध्यक्ष रोशन ओझा, सहसचिव सरिता कार्की सदस्यहरुमा शितल बिक, सुनिता पन्थ, शुशिला लम्साल, अस्मिता पौडेल एवं प्रियङ्का सुनार चयन भएका छन् । कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेश महासचिव रामदक्त पौडेल, नेपाल रेडक्रस सोसाईटी तनहुँ जिल्ला शाखा उपसभापति नारयणी अधिकारी, नेपाल रेडक्रस सोसाईटी तनहुँ जिल्ला शाखाका मन्त्री सूर्यचन्द्र हड्खले, क्याम्पस प्रमुख महाप्रसाद हड्खले , स्ववियु अध्यक्ष गौरव पन्थ ,क्याम्पसका शिक्षक विद्यार्थी लगाएतको उपस्थित रहेको थियो ।