तनहुँ ५ साउन

तनहुँ ५ साउन
तनहुँको ऋषिङ्ग गाउँपालिकाको कार्यालयमा समस्याको ओइरो देखिएको छ । कार्यलयमा कर्मचारी नआउने, अध्याक्ष तथा उपाध्यक्षले मनपरी नियम परिर्बतन गर्ने, पितृको नाममा बजेट बिनियोजन तथा मार्ग बनाउने, हस्तलिखित मान्य नहुने चेक दिएर जनतालाई सास्ति दिने जस्ता थुप्रै समस्या तथा बेथिती बढ्न थालेको भन्दै प्रतिपक्ष राजनीतिक दलको ध्यानाकर्षण भएको छ । गाउँपालिका कार्यालयले केही दिन अघि सूचना जारी गरी कर्मचारी हटाएपछि कार्यालय सुनसान बन्दै गएपछि प्रतिपक्ष राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण भएको हो ।
गाउँपालिकाका अध्यक्षका प्रत्यासी एवं नेकपा एमालेका जिल्ला अध्यक्ष हरिराज कँडेल,नेकपा माओवादी केन्द्र ऋषिङ्ग गाउँपालिका सचिव डम्बर बिक,नेकपा माओवादीका युवा नेता एवं ऋषिङ्ग गाउँपालिका वडा नं ४ का वडाध्यक्ष प्रत्यासी बसन्त सदाशंकर लगायतका पदाधिकारीहरुले प्रमुख प्रशासकीय अधिकृत टिकाबहादुर गोदार उपाध्यक्ष गिनुमाया थापा समक्ष ध्यानाकर्षण गराएका हुन् ।

upa meyar ginu maya thapa

पुतली चिन्हबाट बिजयी भएका ऋषिङ्ग वडा नं ७ का वडाध्यक्ष दुर्ग बहादुर थापाले गाउँसभामा करारका कर्मचारी हटाउने बिषयमा कुरा उठाउँदा सरसल्लाह गरेर अघि बढ्ने आश्वसन दिएपनि आफुखुशी निर्णय गरी हटाएको आरोप लगाए । गाडीका चालक र गार्ड पनि करार भएकोले उनीहरुलाई पनि हटाउनुपर्यो होइन भने अन्य कर्मचारीको पुर्नस्थापना गरिनुपर्ने उनको माग थियो । व्यक्तिगत रिसीबीका कारण कर्मचारीको रोजीरोटी खोसिने कार्य भएको उनले बताए । पुतली चिन्हबाट बिजयी भएका ऋषिङ्ग गा.पा वडा नं ८ का वडाध्यक्ष भरतकृष्ण श्रेष्ठले कार्यालयमा अधिकाँश कर्मचारी अनुपस्थित हुने र करारका कर्मचा–रीलाई हाजिर नहुन भनि जारी गरिएको विज्ञप्ती प्रति खेद व्यक्त गरे । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले आफ्नो बुबाको नाउँमा लिकेन्दीमार्गलाई गोपालकृष्ण लिकेन्दी मार्ग नामाकरण गरी बजेट बिनियोजन गर्नु जनताको करको दुरुपयोग भएको आरोप लगाए । बैठकमा आफुलाई चित्त नबुझेका कुरा राख्दा चित्त नबुझे बाहिर जा भन्दै दुव्र्यवहार गर्ने गरेको समेत उनले बताए । बहुमतको दम्बा देखाउँदै गाउँपालिकाले अल्पमतको भावनालाई पाखा लगाउने कार्य गर्दै आएको वडाध्यक्ष श्रेष्ठले बताए ।
गाउँपालिका अध्यक्षको प्रत्यासी उम्मेद्वार एवं नेकपा एमालेका उपाध्यक्ष हरिराज कडेलले करारका कर्मचारी हटाएको बिषयमा गम्भीर ध्यानाकर्षण भएकोले कर्मचारीको मौलिक हकबाट बञ्चित गर्न नहुने बताए । व्यक्तिगत स्वार्थका कारण कर्मचारी निकाल्न लागिएको भन्ने जनगुनासा आएपछि यसको वास्तविकता बुझ्न प्रतिपक्ष राजनीतिक दल गाउँपालिकामा सुझाव दिन आएको बताए ।
बिना सूचना, बिना कारण कर्मचारी हटाइएको प्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै कर्मचारीलाई पुर्नस्थापना गर्नुपर्ने सुझाब व्यक्त गरे । वडावाट छनोट भएर आएका कतिपय योजनाहरु बाइपास गरिने कार्यप्रति सजग हुन प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण गराए ।
ऋषिड गाउँपालिका नेकपा माओवादी सचिव डम्बर बिकले कर्मचारी नभेटिएका कारण सर्वसाधारणले कठिनाई भोग्नुपरेको गुनासा आएपछि संम्बन्धित निकायसंग भेटघाट गरी सहजीकरणको भूमिका खेलिएको बताए । रचनात्मक रुपमा हातेमालो गर्दै समृद्ध ऋषिड बनाउने अभियानमा आफुहरुको भूमिका रहने उनले बताए ।
नेकपा माओवादी केन्द्र ऋषिडका उपाध्यक्ष एवं वडा नं ४ को वडाध्यक्षको प्रत्यासी उम्मेद्वार बसन्त सदाशंकरले घरघरमा सिंहदरबार आएपनि त्यसको अनुभूति गर्न पाउने गरी पालिकाले सेवा प्रदान गर्नुपर्ने बताए । कुनै कुनै पदमा स्थायी कर्मचारी आएको हुनाले हटाइएको गाउँपालिका कार्यालयले जनाएको छ । स्थानीय तहको अधिकार नभएको ठाउँमा कर्मचारी नियुक्ति गर्न नसकिने गाउँपालिकाका प्रवक्ता बिजय दरैले बताए ।
स्थानीय तहले कुन कुन पदमा नियुक्ति मिल्छ उक्त पदमा पालिकाको आन्तरिक स्रोतले धानेसम्म बेरुजु नआउने गरी कर्मचारी राख्न सकिने उनले बताए ।

tika bahadur godar

गाउँपालिकाकी उपाध्यक्ष गिनु माया थापाले गाउँपालिको गाउँ सभाबाट नै गोपाल कृष्ण लिकेन्दी मार्ग राखिएको जानकारी दिइन् । वडा नं ८ का अध्याक्षलाई दाई (गापा प्रमुख) भएको बेलामा आउनु अहिले पत्रकार लिएर नआउनु भन्दै थर्कउन समेत पछि नपरेकी उपाध्यक्ष अन्य कुराको बिषयमा आफुलाई थाहा नभएको भन्दै गैरजिम्मेवारी जवाफ दिइन् ।
प्रमुख प्रशासकीय अधिकृत टिकाबहादुर गोदारले मौखिक जानकारी गराएर गाउँपालिकाको कामले कर्मचारी बाहिर फिल्डमा रहेको बताए । बुधबार कार्यालयमा स्वास्थ्य प्रमुख लोकबहादुर थापा, शिक्षा प्रमुख सुवास रानाभाट, इन्जिनियर अखिल सुवेदी, योजना शाखाका महेश काफ्ले र लेखा अधिकृत दिनेश तिमिल्सेना कार्यालयकै कामले बाहिर रहेको सो अवसरमा जानकारी दिएका थिए । गाउँपालिकाको आन्तरिक स्रोतले नधानेपछि अस्थायी कर्मचारी हटाउनु परेको उनले बताए । गाउँपालिकाको बेरुजु अत्याधिक रहेकोले त्यसलाई न्यूनिकरण गर्न पनि करारका कर्मचारी हटाइएको उनको भनाई थियो ।