नेकपा (एमाले)को मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित बैतडी काे झुलाघाट दखि पाँचथरकाे चिवाभञ्ज्याङ सम्म समृद्धिका लागि सङ्कल्प यात्रा शुक्रबार लमजुङमा हुने भएको छ । मंगलबार दमाैलीमा पत्रकार सम्मेलन गर्दै साे कार्यक्रमबारे जनाकारी दिईएकाे हाे । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एंवम पुर्व प्रध्यानमन्त्री केपी शर्मा अाेली उक्त विशाल सभाकाे सम्बाेधन गर्ने छन् । विकाश निर्माण देखि पर्यटन प्रबन्धनकाे लागि गर्ने उदेश्यले याे यात्रा सुरू गरेकाे एमाले तनहुँका उपसचिव एवं प्रचार विभागका प्रमुख प्रदिपराज अधिकारीले बताउनुभयाे।
अधिकारीका अनुसार ” सभामा तनहुँ जिल्लाकाे १० वटा पालिकाबाट ५ हजार भन्दा बढी कार्यकता सभामा उपस्थित गराउने छाैँ “। साे सभामा कार्यकता बढि सहभागी गराउनकाे लागि केन्द्रीय सदस्यदेखी प्रदेश कमिटि, जिल्ला कमिटि र पालिका कमिटिका सदस्यहरुलाई जिम्मेबार दिएकाे एमाले तनहुँका उपाध्यक्ष हरिराज कंडेलले बताउनु भयाे । कडेलले भन्नुभयाे सङ्कल्प यात्राका क्रममा नागरिकका अनुभूति, सुझाव र गुनासा समेत सङ्कलन गर्नेछाैँ ।