साउन २
व्यास नगरपालिका वडा ५ का वडा अध्यक्ष हिमाल श्रेष्ठले पालिकाबाट लिएको मोटरसाइकल फिर्ता गरेका छन् । श्रेष्ठले मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललाई बुझाएका थिए । प्रमुख प्रशासकीय अधिकृत सिग्देलले यसरी सेवा सुबिधा सबैले फिर्ता गर्दा नगरपालिकाको भार कम हुने बताएका छन् । ग १ ब ८१६ नम्बरको मोटरसाइकल यस अघि निर्वातमान वडाअध्यक्ष मोहनकुमार श्रेष्ठले प्रयोग गर्दै आएका थिए ।