असार ३१ तनहुँ
नेपाली कांग्रेसका वरिष्ठ नेता रमाचन्द्र पौडेलले आफु तनहूँ जिल्ला क्षेत्र नंं १ बाट प्रतिनिधिसभाको निर्वाचन लड्ने चाहाना रहेको बताउनुभएको छ । । प्रेस युनियन तनहुँले बिहीबार दमौलीमा गरेको पत्रकार भेटघाटमा उहाँले जनताको हक हित र देशको परिर्वतकोलागी जनचाहनाअनुरुप प्रतिनिधिसभामा लड्ने बताउनुभयो । उक्त अवसरमा उहाँले अघिल्लो पटकको निर्वाचनमा आफुले ध्यान दिन नपाएकोले यसक्षेत्रबाट हारेकोले यो पटक त्यस्तो नहुने विश्वास व्यक्त गर्नुभएको थियो साथै उहाँले आफ्नो चाहना तनहूँ जिल्ला नछोड्ने भएपनि पार्टीले खटाए देशकै जुनसुकै क्षेत्रमा पनि जाने बताउनुभएको छ ।
सोहि कार्यक्रममा बोल्दै उहाले नेपाल आयल निगम र खाद्य संस्थान निजी क्षेत्रलाई जिम्मा लगाउन नहुने बताउनुभएको छ । खाद्य संस्थानलाई लिमिटेडको रुपमा लैजाँदा किसानले समयमा मल नपाएको उहाँले बताउनुभयो । नेपाल आयल निगम र खाद्य संस्थान नेपाल सरकारको पूर्ण स्वामित्वमा राख्नुपर्ने, कमी कमजोरीलाई सुधार गरेर सरकारले नै लिनुपर्ने र निजी क्षेत्रले लिन नहुने बताउनुभयो ।