असार ३१ तनहुँ
तनहुँ जिल्ला व्यास नगरपालीकाले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको तस्बिर र पोस्टले सामाजिक सञ्जालमा एउटा छुटै तरङ्ग उत्पन्न भएको थियो ।
व्यासका धनाढ्य व्यक्तिका रुपमा मानिएका व्याक्तिहरुले निस्सा लिएकोे भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको थियो । भुमिहिन, दलित , सुकुम्बासीको नाममा जग्गा हड्प्न खोजेको भन्दै आम जनता देखि विज्ञ, राजनितिज्ञले समेत सञ्जालमा चर्को आलोचना गरेका थिए । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका पुत्र चिन्तन पौडेल र नेपाली कांग्रेसका पुर्व सहमाहान्त्री गोविन्दराज जोशीका पुत्र , व्यासका मेयर पदमा पराजित ब्याक्ति एबं युवा सामाजिक अभियान्ता दिपकराज जोशीले समेत यो बिषयमा चर्को आलोचना गरेका थिए ।
तर, राष्ट्रिय भूमि आयोगले बिहिबार पत्रकार सम्मेलन गर्दै संजालमा चलेको हल्ला गलत भएको बताएका छन् । बिहिबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले संजालमा फैलीएको कुरा गलत भएको बताएका छन् । “कुनैपनि ब्याक्तिले लालपुर्जा पाउनको लागि विभिन्न नियम एबं प्रकृया पार गर्नुपर्छ । त्यो प्रकृया मध्य निवेदन एक हो र उहाँहरुले पाउनुभएको निस्सा निबेदन दिएको प्रमाणित भएको निस्सा हो । ” उहाले भन्नुभयो ।
कार्यक्रममा बोल्दै व्यास नगरपालिका मेयर बैकुण्ड न्यौपानेले यो बिषयमा सञ्जालमा मात्र नभई विभिन्न मिडियाले समेत तथ्य नबुझि गलत प्रचार गरेको बताए । उनले मिडिया कर्मी वा संञ्जाल प्रयोग कर्ता जो कोहीले पनि सूचना प्रवाह गर्दा सत्य तथ्य बुझेर मात्र सूचना प्रवाह गर्न आग्रह समेत गरे । कार्यक्रममा व्यास नगरपालिका प्रमुख न्यैपाने, जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले,भूमि आयोगका सदस्य श्रीराम कार्की, व्यास नगरपालिका वडा नं.२ का वडाध्यक्ष काशीराम श्रेष्ठ लगायतले यो सामाजिक संञ्जाल सम्बन्धित भ्रमका सूचना प्रवाह भएको बताए ।
कुन कुन पालिकामा पाए निस्सा
जिल्लामा हालसम्म २६ हजार १ सय १७ वटा भूमिहिन तथा अव्यवस्थित बसोबासको फारम भरेको राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले बताए । ति मध्ये १ हजार १ सय ८ वटा फारम भूमिहिन दलित , १ हजार ८ सय ७२ वटा फारम भूमिहिन सुकुम्बासी र २३ हजार १ सय ३७ वटा फारम अव्यवस्थित बसोबास गरि जम्मा २६ हजार १ सय १७ वटा फारम भरेको अधिकारीले जानकारी दिए । उनले जिल्लाको सबै पालिकाहरुमा निस्सा वितरण कार्य सुरुवात भईरहेको बताएका छन् । उनले शुक्लागण्डकी नगरपालिका वडा नं. ७ मा निस्साको काम सकिएको र अब लालपूर्जा दिने तयारी भईरहेको बताए । त्यस्तै बन्दिपूर गाँउपालिकाको ६ वटै वडामा सुकुम्वासी एवं भूमिहिन दलितलाई निस्सा वितरण गरिसकेको र अव्यवस्थित बसोबासको काम भईरहेको बताए । जिल्लाको आबुखँैरेनी गाउँपालिका वडा नं.१र २ मा निस्सा वितरण कार्य भईरहेको, देवघाट गाँउपालिका वडा नं. ५मा निस्सा वितरण कार्य सम्पन्न भएको र व्यास नगरपालिका वडा नं.१ र २ मा हालै कार्य शुरु भएको राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए ।
![](https://tanahuntaranganews.com/wp-content/uploads/2022/07/Untitled-1-copy-1.jpg)