जनकपुरधाम २३ असार
गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे बिकले संघीयतालाई संस्थागत गर्ने कुरामा खुट्टा कमाउन नहुने बताएका छन् । शान्ति सुरक्षा तथा विपद व्यावस्थापन सम्बन्धि जनकपुरधाममा बिहीबार आयोजित अन्तर प्रदेश अनुभव आदान प्रदान तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री बिकले सो कुरा बताएका हुन् । संघिय सरकारमा जो सुकै पार्टी र नेताको सरकार बने पनि प्रदेशलाई मजबुत बनाउनुपर्ने कुरामा जोड दिए । अधिकारको विकेन्द्रीकरण गर्ने सवालमा केन्द्रीय सत्ता कठोर भएको उनको धारणा रहेको थियो । उक्त कार्यक्रममा ६ प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको सहभागिता रहेको छ । प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री लालवावु राउत, प्रदेश सभामुख किशोर यादव लगायतको उपस्थिति रहेको छ ।