असार २० तनहुँ
तनहुँ बन्दिपुर गाउँपालिकामा लागूऔषध ६ किलोग्राम गाँजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दिपुर गाउँपालिका–२ गैह्रागाउँ निवासी राजन श्रेष्ठ रहेका छन् । निजले घरको कोठामा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणमा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । लुकाई छिपाई राखी कारोबार गर्ने गरेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरी टोलीले निजको घरकोठा खानतलासी लिदाँ उक्त गाँजा बरामद गरेको हो । तनहुँ जिल्ला अदालतबाट बाह्र दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्।