nepal
tanahun taranga news tanahun

तनहुँ १९ जेठ असार
राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाद्धारा डिजिटल मिडिया संम्बन्धी दुई दिने पत्रकारिता तालिमको समापन भएको छ । शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर बिक राजुले अबको युग प्रविधिमैत्री रहेको बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाले दमौलीमा आयोजना गरेको दुई दिने डिजिटल मिडिया संम्बन्धी तालिमको शनिबार समापन कार्यक्रमका प्रमुख अतिथी बिकले सो कुरा बताएका हुन् ।

tanahun taranga news tanahun

तालिम असार १७ र १८ गते दुई दिन डिजिटल संम्बन्धी तालिम प्रदान गरिएको हो । सो अवसरमा बोल्दै उपप्रमुख बिकले सूचना शक्तिशाली अस्त्र भएको उल्लेख गर्दै अबको लडाई प्रविधिको भएको बताए । सूचना र संञ्चारलाई प्रभावकारी ढंगबाट संञ्चालन गर्दै प्रविधिमैत्री बनाउनुपर्नेमा उनले जोड दिए । विकासित राष्ट्र चन्द्रमामा प्रक्षेपण गर्ने तयारीमा अघि बढिरहेको चर्चा गर्दै नेपालमा ५ जी संञ्चालनको प्रतिक्षामा रहेको बताए ।

tanahun taranga news nepal

राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशका उपाध्यक्ष पूर्ण बिकेले समयको माग अनुरुप चल्न नसके पत्रकारिता व्यवसाय संकट पर्न सक्ने अवस्था देखिएकोले प्रविधिलाई अबलम्बन गर्दै अघि बढ्नुपर्ने बेला आएको बताए ।

tanahun taranga news nepal

तालिमका मुख्य प्रशिक्षक न्यू मिडिया टेनरका बिजय कुमालले पत्रकारितालाई पेशाको रुपमा मात्रै नभई व्यवसायीक रुपमा अघि बढाउन आवश्यक रहेको बताए । अर्का प्रशिक्षक पत्रकार बसन्त कँडेलले पत्रकारहरु समय सापेक्ष अनुरुप चल्न सक्नुपर्नेमा जोड दिए ।

tanahun taranga news nepal

कार्यक्रममा प्रेस युनियन तनहुँका अध्यक्ष अमर नहर्की,प्रेस चौतरी नेपाल तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ बिबि,नेपाल पत्रकार महासंघ तनहुँ शाखाकी उपाध्यक्ष अस्मिता खनाल,स्वतन्त्र पत्रकार संघ तनहुँका अध्यक्ष सुरेश सुनार लगायतका वक्ताहरुले संञ्चारकर्मीहरु प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिएका थिए ।

tanahun taranga news nepal

कार्यक्रम संघका जिल्ला अध्यक्ष एस.बि.नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संञ्चालन सचिव अशोक बिश्वकर्माले गरेका थिए ।

उपप्रमुख बिक सम्मानित

त्यसैगरी सो अवसरमा राष्ट्रिय दलित पत्रकार संघ तनहुँले शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुम बहादुर बिक राजुलाई सम्मान गरेको छ ।

tanahun taranga news nepal

नगरपालिकाको उपप्रमुखमा दलित समुदायबाट निर्वाचित बन्नु भएको खुशीयालीमा बिकलाई खादा ओढाएर कदरपत्रले सम्मान गरेको हो । संघका जिल्ला अध्यक्ष एस.बि.नेपाली,गण्डकी प्रदेशका उपाध्यक्ष पूर्ण बिके,जिल्ला सचिव अशोक बिक लगायतले सम्मान गरेका हुन् ।

tanahun taranga news nepal

तालिममा सहभागीलाई प्रमाणपत्र

त्यसैगरी उक्त तालिमका प्रशिक्षकद्व बिजय कुमाल र बसन्त कँडेललाई कदरपत्र प्रदान गरिएको थियो । त्यसैगरी तालिममा सहभागी पच्चीस जना प्रशिक्षार्थीलाई कार्यक्रमका प्रमुख अतिथी बिकले प्रमाणपत्र प्रदान गरेका थिए । उक्त तालिममा जिल्लाका विभिन्न पालिकाबाट सहभागि भएका थिए ।

tanahun taranga news nepal
tanahun taranga news nepal

भिडियोको लागी यहाँ थिच्नुहोस

tanahun taranga tv