असार १६ तनहुँ

विद्यालय जाने क्रममा खोला तर्दा खोलाले बगाएर घाइते भएकी व्यास ११ कि विद्यार्थी युविना थापाको उपचारका लागि व्यास नगरपालिकाले रु.५०,०००।– सहयोग गरेको छ । व्यास ११ स्थित बुल्दी खोलाले बगाउदाँ थापा ह्युम पाइपमा अड्किएकी थिइन र उनलाई चोटपटक लागेको थियो । उनको अहिले पोखरा स्थित फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ।

यसै गरी बेदव्यास प्रा वि व्यास–०४ मा अध्ययनरत ७ वर्षिय विप्लब परियारलाई पनि व्यास नगरपालिकाले सहयोग गरेको छ । विद्यालयको खेलकुद क्रियाकलापमा सहभागि हुदाँ गोडा भाँचिएर घाइते भएका परियारलाई पालिकाले सहयोग गरेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो साथै नगर प्रमुख न्यौपानेले हाल विपदजन्य घटना बढ्दै गइरहेकाले सम्पुर्ण नगरबासी संयम रहन र विपद्को यस घडिमा एक आपसमा सहयोगि भावनाले अगाडि बढ्नुहुन सम्पुर्ण नगरबासीहरुमा अनुरोध समेत गर्नुभएको छ ।