तनहुँ १५ असार
लायन्स क्लब अफ तनहुँले महिनाको तेस्रो शनिबार दमौलीमा निशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । क्लबले मङ्गलबार दमौलीमा पत्रकार सम्मेलन गरी महिनाको एक दिन बिहान १० बजेदेखि १ बजेसम्म शिबिर संञ्चालन गर्ने जनाएको छ । मनोरोग बिशेषज्ञ प्रा डा देवकुमार थापाले स्वास्थ्य परीक्षण गर्नुहुने छ । अहिलेको समयमा हेनर््ो हा भनि मानसिक रोग बिरामीको संख्या बढ्दो क्रममा रहेकोले सेवा उपलव्ध गराउन शिबिरको आयोजना गरिएको लायन्स क्लब अफ तनहुँका अध्यक्ष राजु दाहालले जानकारी दिए । मानसिक स्वास्थ्यका कार्यक्रमहरु नहुँदा आत्महत्या गर्ने, पारिवारिक झगडा बढ्ने, समाजमा अशान्ति हुने जस्ता विभिन्न खालका समस्याहरु रहेकाले शिविर सञ्चालन गर्ने निर्णय गरेको उनले बताए । उतm शिविरमा विपन्नको लागि औषधी समेत निशुल्क प्रदान गरिनेछ । यस अभियानलाई जिल्लाका दश वटै पालिकामा लगेर काम गर्ने योजना बनाइएको र उक्त अभियानमा जिल्लाको शुक्लागण्डकी नगरपालिका ५ घर भई हाल फिनल्याण्डमा रहदै आएका बसन्त घिमिरेको आर्थिक सहयोग रहेको अध्यक्ष दाहालले जानकारी दिए । समाजमा मानसिक रोगीहरुको उपचार गरी आत्महत्या गर्ने जस्ता घटना न्यूनिकरण गर्न शिविरले मद्धत पुग्ने विश्वास क्लबले लिएको छ ।
मानसिक स्वास्थ्यको बिषय ओझेलमा पर्दै गएकोले उनीहरुलाई जागृत गराउन शिविरको आयोजन गर्ने निर्णय भएको क्लबका द्वितीय उपाध्यक्ष इश्वर विष्टले बताए । दमौलीबाट सेवा शुरु गरिने र ग्रामीण क्षेत्रका नागरिकहरुलाई उनीहरुकै घर नजिकै सेवा दिने उद्धेश्यले स्थानीय तहसँग सहकार्य गरी पालिका स्तरमा पनि सेवा शिविर सञ्चालन गरिने सो अवसरमा जानकारी गराइएको थियो । कार्यक्रममा मनोबिद सीता भण्डारीले समाजमा प्रतिष्ठित व्यक्तिहरु पनि मानसिक समस्याहरु बढ्दो क्रममा रहेको बताइन् । टोल,वडाबाटै जनप्रतिनिधीहरु सबै मिलेर न्यूनिकरण तर्फ लाग्नुपर्नेमा जोड दिइन् । मानसिक समस्या मनोचिकित्सक र मनोबिदको परामर्शले पनि न्यूनिकरण गर्न सकिन्छ । उनले भनिन् ‘औषधी सेवन भनेको चिकित्सक सल्लाह अनुरुप मात्रै सेवन गर्न सकिन्छ ।’ शिक्षित वर्गहरुमा पनि आत्महत्याको घटना घटिरहेकोले मनोविर्मश तथा उपचारको कमी भएको पाईएको र यस्ता शिविरले मानसिक रोगी न्यूनिकरणमा आउने उनले बताइन् । सुगर,प्रेसरका बिरामीले खुलेर आफ्नो समस्या राख्ने गरेपनि मानसिकका बिरामीले समाजको डरका कारण अझै खुलेर आउन नसकेको उनले बताइन् । मानसिक बिरामीका तथ्याङ्ग सदैव गोप्य राखेर उपचार गर्ने व्यवस्था मिलाइएको हुन्छ । उनले भनिन्‘ आत्महत्या हुने हकमा गोपनीयता भंग हुन सक्छ,अन्यथा सबै कुरा गोप्य राखिनेछ ।’ नेपाल पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्वल पौडेलले लायन्स क्लवले स्वास्थ्य,शिक्षा लगायतका सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएकोले प्रशसनीय कार्य भएको बताए । लायन्स सुरेन्द्र पौडेलले लायन्स क्लबले सामाजिक क्षेत्रमा सेवामूलक र सचेतनामूलक काम गरेर समाजमा छुट्टै पहिचान बनाउन सफल भएको बताए ।