तनहुँ १४ असार
तनहुँको भानुमा सोमबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका– ९ निवासी ४५ बर्षीय तारा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मोबाइल चार्ज गर्ने क्रममा टुपिनबाट करेन्ट लाग्दा महिलाको मृत्यु भएको हो । करेन्ट लागेर पछि घाइते भएकी महिलाको उपचारको लागि दमौली अस्पतालमा लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार बिकले जानकारी दिएका छन् ।