गोरखा र कास्की केन्द्रबिन्दुर भएर बुधबार दुई वटा भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापद केन्द्रका अनुसार गोरखा केद्रबिन्दु भएर ४.१ म्याक्निच्युडको भूकम्प गएको छ भने कास्की केन्द्रबिन्दु भएर ४.९ म्याग्निच्युडको गएको छ । केन्द्रका अनुसार कास्की केन्द्रबिन्दु भएर गएको भूकम्प बिहान ३ बजेर ५६ मिनेटमा गएको थियो भने गोरखा केन्द्रबिन्दु भएर बिहान ७ बजेर २२ मिनेटमा गएको थियो ।  भूकम्पको धक्का गोरखा, कास्की, लमजुङ, तनहुँलगायतका जिल्लामा महसुश गरिएको थियो । यद्यपि भूकम्पबाट क्षति भएको विवरण भए कतैबाट आएको छैन ।