सुरेश सुनार तनहुँ

तनहुँ देवघाटमा इलाका प्रहरी कार्यालय देवघाटले ७४ थान काठ सहित तामाङ पक्राउ गरेको छ । चितवन भरतपुर महानगरपालिका वडा नं. ७ मंगलपुर बस्ने ५१ बषिय कम बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिईएके हो । प्रहरीले ४८.९५ क्युफिट अबैध काठ सहित तामाङलाइ नियान्त्रणमा लिएको हो । प्रहरीले बुधबार करिब २ बजेको समयमा ना २ च ७३७५ नम्बरको बोलेरो जीप सहित काठ बरामद गरेको हो । गोप्पे सुचनाको आधारमा प्रहरीले ओसार पसार गर्दै गरेको अवस्थामा फेला परेको बताएको छ । बरामद गरिएको काठ, गाडी र चालकलाई सव डिभिजनमा बुझाईएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।