प्रख्यात सञ्चारकमी एबं प्रस्तोता रवि लामिछानेले नयाँ पाटि घोषण गरेका छन । सञ्चारकर्मीबाट राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले नयाँ पार्टी घोषणा गरेका छन् । उनले चुनाव चिह्न घण्टी प्रस्ताव गरेका छन ।

उनको पार्टी कार्यालय बसुन्धरामा रहने समेत जानकारी दिए ।
उनले आफ्नो पार्टीमा आफन्तवाद, परिवारवाद निषेध रहेको बताए । उनको पाटिमा बिषेशगरी युवाको सहभागीता रहने बताए । कार्यक्रमलाई बोल्दैै लामिछानेले कुनै पनि व्यापारिक र व्यावसायिक बाट चन्दा संकलन नगर्ने घोषणासमेत गरेका छन् ।