पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ ।  मध्यान्ह तिर पहिराे खसेपछि डुम्रे–याम्पा सडक अवरुद्ध भएको हो ।सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन् । पहिराे हटाएर राजमार्ग सुचारु गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मुग्लिन पोखरा सडक विस्तारका लागि भित्ता खन्ने काम भइरहेकाले यहाँ बेला–बेलामा पहिराे खसिरहेको छ ।