तनहुँको बन्दिपुर गाउँपालिका १ बोडिस्वाँरामा मंगलबार चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रेम बगाले मगरका पाँच बर्षीय छोरा सुप्रिम बगाले मगर रहेका छन् । घरमा खेलि रहेको बेला चितुवाले आक्रमण गरेको हो र बालकको शव करिब दुई सय मिटर माथि जंगलमा भेटिएको थियो । मृतक बालकको शव पोष्टमार्टमको लागि अहिले दमौली अस्पताल स्थित शवगृहमा राखिएको प्रहरी नायव उपरीक्षक युवराज खड्का जनाकारी दिएका छन् ।