आफन्तलाई गुमाउनुको पीडा सबैलाई असह्य हुन्छ । तनहुँको भानु नगरपालिका–११ सुन्दरवस्तीकी ५८ वर्षिय सुकमाया गुरुबलाई अविरल वर्षा आँसुमा परिणत भएको छ । जेठ गते अविरल वर्षासँगै आएको बाढीले श्रीमान् ६० वर्षीय चन्द्रबहादुर गुरुबलाई ढाँड खोलाले बगाएर बेपत्ता बनाएपछि आँशु थामिएका छैनन् सुकमायाको । बाढीले बेपत्ता बनाएको धेरै दिन सम्म पनि फेला पार्न नसक्दा पिढीँमा आँशु झार्दै बसिरहनु भएकी सुकमायाको पूर्वमन्त्री शब्कर भण्डारी आँशु पुच्छ आईपुग्नु भयो । विभिन्न ठाडो खोलाहरु तर्दै पैदल हिँडेर आफ्नो पीडामा मलम लगाउन पूर्वमन्त्री भण्डारी काठमाडौं देखि दैलोमा आईपुग्दा पीडामा सुकमायाले केही आराम महशुस गर्नुभयो । दुःखमा आत्तिनु हुँदैन हजुर आत्तिनुभयो भने छोराछोरी झन् बढी आत्तिन्छन् मन द¥हो बनाएर सहनुको विकल्प छैन आवास र गासको व्यवस्था हामी गछौं’ पूर्वमन्त्री भण्डारीले भन्नुभयो ।
![](https://tanahuntaranganews.com/wp-content/uploads/2022/06/20220607_162934-768x371.jpg)
जोखिम मोलेर खोला तर्दै बाढीले सडक विगारेको कारण पैदल हिँडेर पूर्वमन्त्री भण्डारी बाढी र पहिरोबाट पीडितको घर दैलोमा नै पुगेपछि उहाँले जनताको स्यावासी पाइरहनु भएको छ । पीडामा पर्नु भएकी सुकमायाको आर्थिक अवस्था कमजोर भएको र ओइलानी जग्गामा झुप्रो बनाएर बस्नु पर्ने बाध्यता र दैनिक ज्यालादारी काम गरेर परिवार पाल्ने श्रीमान नै बेपत्ता भएकाले
पूर्वमन्त्री भण्डारीले व्यक्तिगत रुपमा २० हजार आर्थिक सहयो गर्नुभयो । साथै भण्डारीले सम्बन्धित निकायलाई तत्कालै फोन गरी वेत्तपाको खोजी गर्न तालिम प्राप्त टोली परिचालन गर्न र राहत तथा पुर्नस्थापनाको लागि निर्देशन दिनु भएको थियो । यस्तै सोही ठाउँ निवासी अविरल वर्षा र चट्याबको घर भत्कनु भएका अर्जुनबहादुर कुँवरको परिवारलाई भेट गरी राहत तथा पुर्नस्थापनाको लागि पहल गर्नु भएको छ । पूर्वमन्त्री भण्डारीले घर तल पनि माथि पनि पहिरो गएर चिन्तामा
पर्नु भएकी भानु नगरपालिकाकै पाउँदी पुल निवासी अस्मिता कुँवरको परिवारलाई भेट गरी पहिरो रोकथामको लागि तत्कालै तारजालीको व्यवस्था गर्न सम्बन्धि निकायलाई टेलिफोन गर्नु भएको थियो ।
गत वर्ष पहिरो जाँदा पनि पूर्वमन्त्री ज्यूकै पहलमा तारजाली पाएपछि घर अडाउन सकिएको थियो फेरी पहिरो जाँदा चासो दिएर टाढा देखि भेट्न आउँदा दुःखमा साथ दिने नेता छन् भन्ने महशुस भएको बताउनुभयो । नेता हुनु त भण्डारी जस्तो पो राहत र पुर्नस्थापनको लागि घरदैलोमै आएर उहाँले उदाहरणीय काम गर्नु भएको छ’ कुँवरले भन्नुभयो । पहिरोबाट पीडित सोही ठाउँको सपना कुँवरको परिवारलाई पनि भेट गरी भण्डारी तत्कालै पहिरो नियन्त्रणको काम अघि बढाउन निर्देशन दिनु भएको थियो । पूर्वमन्त्री भण्डारी भानु नगरपालिका–१० दुधेकुना पहिरोबाट पीडित भएका दुई घर परिवारलाई पनि भेट गर्नु भएको थियो
। यस्तै गरी पहिरोले जोखिम रहेका भानुका विभिन्न विद्यालयको पनि जानकारी लिनु भएको थियो । पूर्वमन्त्री भण्डारीसँगै भानु
नगरपालिलकाका प्रमुख आनन्दराज त्रिपाठी र निर्वतमान प्रमुख उदयराज गौली, उपप्रमुख उमा गोतामे पनि स्थलगत अवलोकन गर्नुका साथै राहत र उद्धारको लागि खट्नु भएको थियो । जनताको सेवागर्न भनेरै राजनीतिमा लागेकाले विपत्तिमा परेका बेला साथमा रहनुपर्ने ठानेरै घरदैलोमा नै आएको हुँ’ पूर्वमन्त्री भण्डारीले भन्नुभयो । यहीको जनताले भोट दिएर मन्त्री बनाएको विसर्न नहुने उल्लेख गर्दै भण्डारीले चुनावको समयमा मात्रै नभई सधैं जनताको घरदैलोमा पुगेर जनताको चाहाना पुरा गर्नु पर्ने नेताको कर्तव्य भएको बताउनुभयो ।
![](https://tanahuntaranganews.com/wp-content/uploads/2022/06/20220607_140457-2-744x400.jpg)
पूर्वमन्त्री भण्डारी बुधबार पनि भानु नगरपालिका बाढीले क्षति पु¥याएको पुल, सडकको समेत अवलोकन गरी सम्बन्धित निकायलाई तत्कालै लागत स्टटमेट गरी काम अघि बढाउन सम्बन्धित निकार्यलाई टेलिफन गरि आग्रह गर्नु भएको थियो । नेपाली काँग्रेसका केन्द्रीय समेत रहनु भएका भण्डारीले जनताको गुनासोलाई टिप्दै फोन गर्दै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दा जनता खुसी भएका थिए । सडक विग्रिएकाले भण्डारी दुई घण्टा भन्दा धेरै पैदलै हिड्नु भएको थियो । हिलो र पानीले भण्डारी जुत्ता र पाइन्ट भिजेका थिए । आईतबार देखि परिरहेको अबिरल वर्षाले भानुमा एक जना वेपत्ता हुनको साथै ठुलो भौतिक क्षति भएको छ । क्षतिको विवरण सब्कलन भईहरको कति हानी भयो भन्नेमा मूल्याब्कन भईरहेको भानु नगरपालिकाले जनाइएको छ ।