बन्दीपुर गाउँपालिका–४ निवासी सन्तोष थापा मगरको ८ बर्षीय छोरी रियाना थापालाई शनिबार साँझ चितुवाले आक्रमण गरी घाइते बनाएको छ । बाबुआमा अगाडि नै चितुवाले बालिकामाथि आक्रमण गरेको डिभिजन बन कार्यालयका प्रमुख कोमल प्रसाद काफ्लेले जानकारी दिए । बालिकाको घाँटीमा सामान्य र बायाँ कानको फेदमा गहिरो चोट लागेकोले उपचार प्रचात डिस्चार्ज भैहेसकेको छ । चितुवाको आक्रमणबाट घाइते बालिका खतरामुक्त रहेको बालिकाको उपचारमा संलग्न डा महेश बिकले बताएका छन् ।

त्यस्तै गरि बन्दिपुर गाउँपालिका वडा नं १ बाघदले स्थितमा एक पुरुषलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ । घाइते हुनेमा ३४ बर्ष का हिमलाल बरायान्जा मगर रहेका छन् । आफ्नै घरको पिढीमा सुतिरहेको अबस्थामा चितुवाले एक्कासी आएर आक्रमण गरेको थियो । घाइते मगरलाई स्थानीय मोती हेल्थ किलिनिक डुम्रे उपचार पश्चात डिस्चार्ज भइसकेको बन्दिपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पुर्णसिं थापाले जानकारी दिएका छन्।