पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिएको स्थानबाट तल नदीमा दुई पुरुषको शव फेला परेको छ । सडक भासिएको मस्र्याङदी नदी किनारमा दुई वटा पुरुषको शव फेला परेको हो । मृतक दुवै जनाको पहिचान हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक जानकारी दिए । पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजी कार्य गरिरहेको छ ।
गएराती देखि परेको अबिरल बर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भाँसिएर जोखिम र राजमार्ग अबरुद्ध बनेको छ । सडकको तलाको भाग भाँसिएकोले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।