बन्दिपूर गाउँपालिकास्थित डुम्रे बजारमा रहेको यातायात व्यवस्था कार्यालयमा सवारीसाधन दर्ता हुने भएको छ । सवारी साधनको दर्ता गर्न सुरु गरेको कार्यालयका सूचना अधिकारी प्रदीप सापकोटाले जानकारी दिएका छन् । लाइसेन्सका लागि परीक्षा र ट्रायल लिने र पास गरेकालाई लाइसेन्स वितरण गरिने यातायात व्यवस्था कार्यालय डुम्रेका प्रमुख विष्णुबहादुर क्षेत्रीले जानकारी दिए । कार्यालयबाट लाइसेन्सको वितरण, नवीकरण, बिलबुक नवीकरण सेवा सुरु भएपछि तनहुँ, लमजुङ, गोरखा, मनाङका बासिन्दाले पोखरा, चितवन र काठमाडौं धाउनु पर्ने छैन । यातायात व्यवस्था कार्यालय काठमाडौंले अनलाइनमा फर्म खुलाएपछि कार्यालयसँग समन्वय गरी बिमलनगरमा ट्रायल र लाइसेन्स दिने व्यवस्था मिलाइनेछ । त्यस्तै यातायात व्यवस्था कार्यालय बिमलनगरले असार पहिलो साताबाटै लाइसेन्स वितरण गर्ने तयारी पनि गरेको छ ।