व्यास नगर कार्यपालिकाको सदस्य पदमा आठ जना निर्विरोध निर्वाचित भएका छन् । सोमबार उनीहरु निर्विरोध रुपमा निर्वाचित भएका हुन् । यसरी निर्वाचित हुनेमा नेपाली काँग्रेसबाट महिला तर्फ ज्ञानुमाया सुनार,नरीमाया राना,निला घिमिरे,कमलादेवी घर्ती र किस्ना दुरा गुरुङ रहेकी छन् । त्यसैगरी दलित र अल्पसंख्यक तर्फ नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका रनसिं नेपाली सार्की र नेपाली काँग्रेसको तर्फबाट चन्द्र माया परियार र चेतबहादुर दरै निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गनाले जानकारी दिए ।
निर्वाचित मध्ये सात जना काँग्रेस र एक जना नेकपा एसबाट निर्वाचित भएको उनले बताए । व्यास नगर कार्यपालिकाको उक्त पदमा उम्मेद्वार हुन मनोनयन पत्र दाखिला भए बमोजिम स्थानीय निर्वाचन ऐन,२०७३ को दफा २५ बमोजिम निर्बिरोध निर्वाचित भएको उनले बताए । यसअघि व्यासका चौध वटै वडाका वडाध्यक्ष,प्रमुख,उपप्रमुख र सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत गरी पच्चीस सदस्यीय पालिका बोर्ड गठन भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जेठ २५ गते १० बजेदेखि ५ बजेसम्म मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।