तनहुँको भानु नगरपालिका– ११ स्थित ढाँडफेदी खोलाले बगाएर एक बृद्द बेपत्ता भएका छन् । सोमबार बिहान पौने १० बजेको समयमा खोला तर्ने क्रममा ढाँडखोलामा आएको बाढीले बगाउँदा ६० बर्षीय चन्द्रबहादुर गुरुड बेपत्ता भएका हुन् । आइतबार साँझ देखि पानी परिरहेका कारण खोला तथा नदीमा पानीको बहाव बढेको छ ।  उक्त घट्नाको खोजी कार्य भैरहेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।