व्यास नगरपालिकाका वडा नं ७ का कांग्रेसका स्थानीय निर्वाचनको बेलामा पार्टीलाई असहयोग गरेको भन्दै कार्वाहीका लागि सिफारिस गरिएको बताएका छन् ।स्थानीय नेता तथा कार्यकर्ताले शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका क्षेत्रीय सदस्य कुलचन्द्र वाग्लेले स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरुलाई आफूहरुले इमान्दारी पूर्वक सहयोग गरेको भएपनि प्रतिशोध समेटेर कार्वाहीका लागि सिफारिस गरिएको बताएका छन् । ५ बर्षसम्म अपनो जिम्मेवारी रहँदा जनताको विश्वास जित्न नसक्दा पराजय भोग्नु परेको वाग्लेको भनाई रहेको थियो ।

त्यस्तै वडा उपसभापति सिकन्दर गुरुङले प्रमाण पेश गर्न समेत चुनौती दिएका छन् । त्यस्तै क्षेत्रिय प्रतिनिधि कल्पना केसीले पाँच वर्षको कार्यकालमा जनताको सेवाको लागि नरहनुभएको र हार नखाने र समेत बताउनु भयो ।पत्रकार सम्मेलनमा कार्वाहीका लागि सिफारिस गरिएका ११ जनाको उपस्थिती रहेका थिए । उपस्थित भएका अन्यले समेत कार्वाहीका लागि गरिएको सिफारिसको कुनै औचित्य नरहेको बताएका छन् । त्यस्तै क्षेत्रिय सदस्य कुल चन्द« वाग्ले , उपध्यक्ष सिकन्दरगुरुङ , क्षेत्रीय प्रतिनिधिमा कल्पना केसी , लालप्रसाद प्रधान , नगरकार्य समिति सदस्यमा शम्सेरबहादुर कुँवर , मोतिलाल श्रेष्ठ , पम्फा वाग्ले , वडा कार्य समिति सदस्यमा रमेश वाग्ले , क्रियाशिल सदस्यमा शिवलाल प्रधान , हर्कलाल श्रेष्ठ , अमर जिसिलाई कार्वाहीका लागि सिफारिस गरिएको थियो ।