नेपाल पत्रकार महासंघ तनहुँ शाखाका पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई रेडियो टेलिभिजन समन्वय बिभागको सदस्यमा मनोनित भएका छन् । नेपाल पत्रकार महासंघको बिधानका उद्देश्यहरुको परिपूर्ति र महासंघको हित सम्बद्र्धन गर्न गठित विभिन्न बिभाग अन्र्तगत पत्रकार भट्टराई उक्त सदस्य पदमा चयन भएका हुन् । महासंघ केन्द्रिय कार्य समितिसंग समन्वय गरी आफ्नो कार्यविधिी निर्धारण गरेर महासंघ र संगठनको हकहितका साथै समग्र पत्रकारिताको हितका सन्दर्भमा सक्दो सहयोग हुने अपेक्षा गरेको महासंघका केन्द्रिय महासचिव रोशन पुरीद्वारा प्रेसित पत्रमा उल्लेख गरिएको छ ।