दमौली । दमौली स्थित सत्यवती माध्यामिक विद्यालयको निमिक्त प्रधानाध्यकमा एकबहादुर गुरुङ चयन हुनु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेको अध्यक्षमा बिहीबार बसेको बैठकले विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले मंसिर २९ गते दिनु भएको राजिनामा स्विकृत गरी गुरुङलाई नियुक्त गरेको हो ।
समितिको पुस ६ गतेको निर्णय अनुसार प्रधानाध्यापकको नियुत्ती प्रक्रिया पुरा नहुँदा सम्मको लागि नियुक्त गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा कार्यरत माध्यामिक तहको प्रथम श्रेणीका शिक्षक गुरुङलाई समितिका वैठकले सर्वसम्मत रुपमा चयन गरिएको समितिका अध्यक्ष काफ्लेले जानकारी दिनुभयो । व्यास नगरपालिका –४ दमौली निवासी निमित्त प्रधानाध्यापक गुरुङ २०६० सालमा माध्यामिक तहको तृतिय श्रेष्णीमा स्थायी शिक्षक हुनु भएको थियो । २०६७ सालमा द्धितिय र २०७७ सालमा प्रथम श्रेणीमा नाम निकाल्नु भएको थियो । प्रथम श्रेणीमा जिल्लामा रहेका तीन जना वरिष्ठ शिक्षक मध्ये गुरुङ सत्यवतीमा कार्यरत हुनुहुन्छ । गुरुङ विज्ञान तथा गणित विषयका शिक्षक हुनुहुन्छ । गुरुङ वरिष्ठ शिक्षक हुनु भएकोले नियुक्त गरिएको अध्यक्ष काफ्लेले बताउनुभयो ।

समितिका सदस्य कल्पना पोख्रेलले विद्यालयको लागि दुःख गरेर विद्यालयको गरिमा बढाउने काम गरेकोमा निर्वतमान प्रधानाध्पकबाट भएको उल्लेख गर्दै नवनियुक्त गुरुङले पनि सोही अनुसारको काम हुने अपेक्षा गरेको बताउनुभयो । सत्यवतीलाई देशकै प्रथम विद्यालय बनाउन प्रत्यत्नशिल हुने निमित्त प्रधानाध्यापक गुरुङले बताउनुभयो । गुरुङलाई सो अवसरमा समितिका सदस्यहरु गौरी शंकर थापा, कृष्णकुमार श्रेष्ठ, रिता रेग्मी सिग्देल, लक्ष्मी कान्त मिश्र र रुपक श्रेष्ठले बधाई ज्ञापन गर्नु भएको थियो ।