बन्दीपुर ।तनहुँको बन्दीपुर गाउँपालिका रहेको बन्दीपुर अस्पतालको भवन निमार्णको लागी नेको इन्सोरेन्स लिमिटेडले सहयोग प्रदान गरेको छ । बन्दीपुर अस्पतालको भवन निमार्णको लागी नेको इन्सोरेन्सले ११ लाख रुपैयाँ रकम सहयोग गरेको हो ।

संस्थागत सामाजीक उत्तरदायित्व अन्तर्गत शनिबार बन्दीपुर अस्पतालमा आयोजना गरिएको एक कार्यक्रमका बिच इन्सोरेन्स कम्पनीका गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा र उपाध्यक्ष पञ्चमायाँ गुरुङलाइ चेक हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

बन्दीपुर अस्पताल यस क्षेत्रका बिरामीहरुको आशा भरोसाको केन्द्र रहँदै आएकोले यसलाइ थप सेवा प्रदान गर्न र भवन निमार्णमा अन्य बिभिन्न संघ संस्थालाइ समेत हातेमालो गरी छिट्टै नै सम्पन्न गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष थापाले बताए । यस्तै बोर्ड डाइरेक्टर प्रेम कुमार श्रेष्ठले कम्पनीको तर्फबाट आगामी दिनमा स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा सहयोग रहिरहने बताए ।

कार्यक्रममा गाउँपालिका गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा, उपाध्यक्ष पञ्चमायाँ गुरुङ, प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाल स्वास्थ्य शाखा प्रमुख अन्जीर भट्टराइ नेको इन्सोरेन्सको तर्फबाट रोहीत कुमार भट्टराई नेको इन्सोरेन्सको तर्फबाट अध्यक्ष रोहीत कुमार भट्टराई, बोर्ड डाइरेक्टर प्रेम कुमार श्रेष्ठ, बोर्ड सिइओ अशोक खड्का, डिइओ पवन थापा लगायत गाउँपालिकाका बिभिन्न राजनितिक दलका प्रतिनिधि बन्दीपुर अस्पतालका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।