तनहुँको दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीले यही असोज २२ क्षेत्रीय विशाल खुल्ला सभा गर्नेे भएको छ । उक्त सभामा रास्वपाका सभापति रवि लामिछाने र प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले सम्बोधन गर्ने भएका हुन् । दुलेगौंडाको बिपीचोकमा सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म सभा हुनेछ । आगामी सोमबार दुलेगौंडाको बिपीचोकमा तनहुँ क्षेत्र नम्बर २ स्तरीय सभा आयोजना गरिएको जिल्ला सह संयोजक सुर्यमणि पौडेले बताउनुभयो ।
