वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनका लागि तनहुँ जिल्ला व्यास नपाको १४ वटा वडा मध्य हालस ९ वटा वडाको मतगणना सम्पन्न भइसकेकोछ ।

निवाचन कार्यलय तनहुँले दिएको जानकारी अनुसार वडा नम्बर १ मा कांग्रेसका रमेश चन्द्र हड्खलेले १ हजार ४ सय ५३ ल्यएर विजय भएका छन ।

तेस्तै वडा नं २ मा काँग्रेसकै काशीराम श्रेष्ठले ८ सय २, वडा नं ३ मा काँग्रेसका अनुप रानाले ६ सय ५७ , वडा नं ४ मा एमालेका मन बहादुर गुरुङले ७ सय ५६ , वडा नं ५ मा एमालेका विष्णु कुमार श्रेठले १ हजार १ सय ८५, वडा नं ६ मा काँग्रेसका जिवन गुरुङ्गले १ हजार १ सय ७७, वडा नं ७ मा एमालेका कृष्ण प्रसाद न्यैपानेले ७ सय २१, वडा नं ८ मा काँग्रेसका युव राज गुरुङ्गले ९ सय १४, वडा नं ९ मा काँग्रेसका सुरेश थापाले १ हजार २ सय ६ मत ल्याइ निर्वाचित भएका छन । अन्य वडाको मतगणना कार्य जारी रहेको र्निवाचन कार्यलय तनहुँले जनाएको छ ।