तनहुँ ६ जेठ
शुक्लागण्डकीमा अबैध गरेको आठ थान सालको काठ सहित चार व्यक्तिलाई पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका–७ धारापानी निवासी जनक तिमिल्सेनाको बारीबाट आठ थान गोलिया सालको काठ सहित व्यक्तिहरुलाई ईलाका प्रहरी कार्यालय बेलचौताराले पक्राउ गरेको हो । ग १ त ५७८६ नं को ट्याक्टरमा लोड गरी ल्याउदै गरेको अवस्थामा ट्याक्टर सहित नियन्त्रणमा लिई सव डिभिजन बन कार्यालय शुक्लागण्डकीमा बुझाईएको प्रहरीले जनाएको छ । उक्त कार्यमा संलग्न जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका–३ घर भई हाल हाल शुक्लागण्डकी नगरपालिका–६ बस्ने २१ बर्षीय विमल वली पक्राउ परेका छन् । त्यसैगरी,शुक्लागण्डकी नगरपालिका–६ ग्यारसिङ बस्ने ३२ बर्षीय प्रेम बहादुर बि।क।,सोही स्थान निवासी २५ बर्षीय पदम बहादुर सुनार र शुक्लागण्डकी नगरपालिका–७ बस्ने ३२ बर्षीय सोम बहादुर नेपाली रहेका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।