तनहुँको शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा बुधबार साँझ नेपाली काँग्रेसका कृष्णराज पण्डित बिजयी भएका छन् ।  कूल मत खसेको पच्चीस  हजार सात सय अन्ठाउन मध्ये बाह्र हजार दुई सय त्रिसठ्ठी मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मुक्ति तिम्सेनाले नौ हजार आठ सय चालिस मत पाएका छन् ।  पण्डितले प्रत्यासीले भन्दा दुई हजार चार सय तेइस बढी मत ल्याएर शान्दार रुपमा बिजयी भएका हुन् ।  त्यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका खुमबहादुर बिक राजुले दश हजार दुई सय छयनब्बे मत ल्याएर बिजयी भएका हुन् ।  एनका प्रत्यासी नेकपा एमालेकी फुलमाया वाग्लेले नौ हजार नौ सय ५७ मत पाएकी मतदान अधिकृत सरीता रायमाझीले जानकारी दिइन् । 

कूल मतदाता ३८ हजार तीन सय पन्ध्र मध्ये एक सय ९३ मत बदर भएको थियो । त्यसैगरी शुक्लागण्डकी नगरपालिका वडा नं १ मा नेपाली काँग्रेसका रविचन्द्र पौडेल १११३,वडा नं २ मा काँग्रेसका सुमन बहादुर रानामगर ९२५,वडा नं ३ मा काँग्रेसका सचिन भुजेल ८३६,वडा नं ४ मा काँग्रेसका राजकुमार वाग्ले ७७८,वडा नं ५ मा एमालेका दीर्घबहादुर थापा १२१९,वडा नं ६ मा एमालेका बुद्धिबहादुर थापा १२७३ मत ल्याएर बिजयी भएका छन् । 
त्यसैगरी,वडा नं ७ मा नेपाली काँग्रेसका खड्कसिं थापा,वडा नं ८ मा एमालेका नारायण सिं थापा १२८१,वडा नं ९ मा एमालेका धनबहादुर पुलामी ७४०,वडा नं १० मा माओवादी केन्द्रका राजेन्द्र भट्टराई क्षेत्री ९२५,वडा नं ११ मा एमालेका शालिकराम भट्टराई १०३८ र वडा नं १२ मा एमालेका इन्द्र गुरुड बिजयी भएका छन् ।