तनहुँ, २९ वैशाख
स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा विभिन्न स्थानमा राजनीतिक दलका कार्यकर्तामाथि आक्रमणका घट्ना थालेका छन् । नेकपा एमाले समुहबाट तनहुँका दुई पालिकामा कांग्रेसका कार्यकर्ता माथि गरिएको साङ्घातिक आक्रमण प्रति काँंग्रेस तनहुँले भत्र्सना गरेको छ । कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले प्रेस विज्ञप्ती गर्दै उक्त घट्नाको निन्दा गरेको हो । वैशाख २७ गते भिमाद नगरपालिका–२ फुचुङ्गमा राति १०ः३० वजेको समयमा आक्रमण भएको जनाईएको छ । नेपाली कांग्रेसको कार्यकर्ता विवश थापा माथि आक्रमण गरी घाईते वनाएको घटना प्रति नेपाली काँग्रेस तनहुँको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाएको छ ।
नेपाली काँग्रेस पार्टीको कार्यक्रममा सहभागी भई फर्कदा नेकपा एमाले भिमाद नगर कमिटी वडा नम्वर २ का सचिव एवं सदस्यका उम्मेदवार प्रेम राना सहित १५ जनाको सख्यामा रहेको हतियारधारी समुहले थापामाथि आक्रमण गरेका हुन् । उक्त घटनामा एक थान तरवार, एक थान खुकुरी र चार वटा मदिराको बोतल वरामद भएकाले दोषी व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडी बढाउन प्रशासनसँग नेपाली काँग्रेस तनहुँ जोडदार माग गरेको छ । यस किसिमका आक्रमणका घटनाले निष्पक्ष र धाँधली रहित वातावरणमा निर्वाचन हुन्छ भन्ने विषयमा आशंका उत्पन्न हुन पुगेकाले यस किसिमको घटना पटक–पटक हुन नदिन तनहुँ प्रशासनसँग नेपाली काँग्रेस तनहुँ आग्रह गरेको छ ।
यसैगरी त्यसअघि घिरिङ गाउँपालिकाको सर्वदलीय बैठकमा सहभागी हुन जादै गरेका नेपाली कांग्रेस घिरिङ गाउँ कार्य समितिका सभापति यामबहादुर थापा माथि एमाले समूहका कार्यकर्ताहरुले आक्रमण गरेको कांग्रेस तनहुँले जनाएको छ । नेकपा एमालेका कार्यकर्ता भुवन वि लगायतको समूहले थापा माथि हातपात र अभद्र व्यवहार गरेको हो । यस अघिका निर्वाचनहरुमा पनि घिरिङ गाउँपालिकामा एमालेका कार्यक–र्ताहरुले कांग्रेसका कार्यकर्ताहरुलाई कुटपिट र आक्रमण गर्ने कार्य गर्दै आएका थिए । सो क्षेत्रमा कांग्रेसबाट एजेन्ट समेत बस्न नसक्ने वातावरण तयार गरी एकतर्फी मत खसाल्ने दाउमा एमाले रहेकोले आक्रमण गरिएको सभापति आलेले आरोप लगाएका छन् ।