एमाले र जोशी समुहले मंगलबार दमौलीमा आयोजित सयुक्त चुनावी सभा सम्पन्न गरेको छ । मेयरमा पदका उमेदवार दीपकराज जोशी र उपमेयर पदकी उमेदवार बसुन्धरा घर्ति लगाएत १४ वटा वडाको अध्याक्ष सहितका टोलीले मोटरसाइकल ¥याली प्रदसनी गरेका हुन ।

करिब आधा घण्टा लामो मोटरसाइकल तथा कारको ¥यालीले केहिसमय सडक अबरुद्धसमेत भएको थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले नेकपा एमाले र आफ्नो समुहको उम्मेदवारको जीत निश्चित रहेको बताएका छन् ।

उनले मेयरमा दीपकराज जोशी र उपमेयरमा बसुन्धरा घर्ति सहितको टिमको जीत निश्चित भएको महशुस भएको बताए । निर्वतमान नगर प्रमुखको टिमको हार हुने दाबी गर्दै जोशीले भने व्यास नगरापालिकाको विकास गर्न नसकी दुर्गम क्षेत्रको पालिका जस्तो बनेको छ ।

निवर्तमान नगरप्रमुख बैकुण्ठ न्यौपानेले काम गर्न नसकेर विकासमा फड्को मार्न नसकेको नेता जोशीको आरोप रहेको छ । व्यास क्षेत्रमा सरकारी क्याम्पस नभएको, हस्पिटल स्तरीय नभएको, वडामा पुग्ने सडकहरु अलपत्र परेका, एम्बुलेन्स सेवा समेत सहज रुपमा प्राप्त गर्न नसक्ने नगरवासी भएको उनले बताए ।