निर्वाचनको समयअवधि नजिकिदै गर्दा यतिबेला तनहुँमा चुनावी माहोलले सरगर्मी बढेको छ । उम्मेद्वारहरु आफ्नो पक्षमा मत दिन मतदाताको घरदैलो कार्यलाई तीब्रता दिनका छन् । कसरी आफ्नो पक्षमा मत ल्याएर बिजयी हुन सकिन्छ भन्ने दौडधूपमा लागेका छन् । व्यासनगरपालिका व्यास वडा नं १३ को सम्पुर्ण उम्मेदवारहरु यतीबेला मतदताको घर दैलोमा गएर भोट माग्न व्यस्त छन् । घरदैलोमा मत माग्नुका साथै मतदाताले आफ्नो क्षेत्रमा भोग्नुपरेका समस्या, वडाले दिनुपर्ने सेवासुविधा कसरी सहज बनाउन सकिन्छ भनी उनीहरुले सुझावसमेत संकलन गरेका छन्। उम्मेदवारले वडामा निर्वाचित भएपछि प्राथमिकतामा राख्नुपर्ने काम के–के हुन् भनी मतदातासँग प्रत्यक्ष सुझाव समेत संकलन गरेका छन्। स्थानीयले आफ्नो घरदैलोमा आइपुगेका उम्मेदवारलाई जीतको शुभकामना समेत दिएका छन् । व्यास नगरपालिका–१३ का उम्मेद्वार बनेका अध्यक्ष पद का नेपाली काङ्ग्रेसबाट बसन्त बहादुर आले, सदस्यहरु हरिश्चन्द्र पन्थ ,नर बहादुर आले ,मधुमाया बि क,कमला घर्ती रहेका छन् ।
