स्थानीय तहको निर्वाचन बैशाख ३० गते सम्पन्न हुदैछ । निर्वाचनको समयअवधि नजिकिदै गर्दा यतिबेला तनहुँमा चुनावी माहोलले सरगर्मी बढेको छ । निर्वाचनको समयअवधि नजिकिदै गर्दा उम्मेद्वारहरु आफ्नो पक्षमा मत दिन मतदाताको घरदैलो कार्यलाई तीब्रता दिन थालेका छन्भने कसरी आफुले नेतृत्वको बाग्डोर सम्माल्ने दाउमा रहेका छन् । राजनीतिक दलका उम्मेद्वार हुन् या स्वतन्त्रबाट उठेका उम्मेद्वार कसरी आफ्नो पक्षमा मत ल्याएर बिजयी हुन सकिन्छ भन्ने दौडधूपमा लागेका छन् । उम्मेद्वारहरुको मतदाताहरुसंग मत माग्ने शैली पनि फरक फरक रहेको पाइन्छ । कुनै उम्मेद्वार गीतको तालमा नाचगान गराएर मतदाताहरुलाई खुशी बनाएर मत लिन चाहान्छन्,भने कुनै कुनै घरदैलोमै प्रत्यक्ष भेटघाट गरेर । कुनै राजनीतिक दलका उम्मेद्वारहरु मोटरसाइकल,गाडीको ¥याली,माइकिङ,आमसभा गरेर पनि मत माग्न व्यस्त हुने गरेका छन् । व्यासनगरपालिका–२ को वडाध्यक्ष पदका लागि स्वतन्त्रबाट उम्मेद्वार बनेका राजकुमार श्रेष्ठ राकुले मतदातालाई मनोरञ्जन गराएर मत माग्ने अभियान थालेका छन् । ठुला–ठुला दुई वटा साउण्ड सिस्टम गाडीमा जडान गरेर बजारको चोक चोकमा कला नृत्य प्रस्तुत गराएर मत माग्ने कार्यलाई निरन्तरता दिदै आएका छन् । व्यापार व्यवसायमा व्यस्त हुने व्यवसायीलाई गएर अवरोध पुराउनुको अलवा उनीहरुलाई क्षणिक मनोरञ्जना प्रदान गराएर मत माग्ने कार्यशैली अपनाएको उनले बताए
नेपाली काँग्रेसबाट व्यासनगरपालिकाको मेयर पदका उम्मेद्वार बनेका बैकुण्ठ न्यौपानेले जनताको घरदैलोमा पुगेर उनीहरुको पीरमर्का,समस्या लगायतका बिषयमा बुझ्दै मत माग्ने कार्यलाई तीब्रता दिइएको बताए । आफ्ना प्रतिबद्धता सहित जनताको घरदैलो अभियानमा लाग्नुभएका मेयर पदका उम्मेद्वार न्यौपानेले पुन ः एक कार्यकाल दोहोराउन लागेका हुन् । त्यसैगरी नेकपा माओवादी केन्द्रबाट बन्दिपुर गाउँपालिकाको अध्यक्षका उम्मेद्वार पुर्णसिं थापाले घरदैलो अभियान पश्चात कोण सभा गरेर मतदाताहरुसंग मत माग्दै आएको बताए । अध्यक्ष पदका उम्मेद्वार थापाले पनि पुन ः दोहोराउन लागेका हुन् । नेकपा एमालेबाट जिल्लाको म्याग्दे गाउँपालिकाको अध्यक्षका उम्मेद्वार बनेका श्रीप्रसाद श्रेष्ठले भौगोलिक अवस्था अनुरुप प्रचार प्रसार कार्यलाई तीब्रता दिइएको जानकारी दिए । कुनै क्षेत्रमा प्रत्यक्ष मतदाताको घरदैलोमा पुग्ने गरिएको छ भने कही कही माइकिङ्ग,कही ¥याली,कोण सभा लगायतको गर्ने गरिएको उनले जानकारी दिए । तनहुँका दश वटा पालिका रहेकोमा भानु नगरपालिकाका मेयर,उपमेयर बाहेक अन्य नौ पालिकामा पुरानै जनप्रतिनिधीले पुन ः दोहोराएका छन् ।