राष्ट्रिय भूमि आयोग तनहुँका विज्ञ सदस्य श्रीराम कार्कीले आफ्नो पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीको जिल्ला अध्यक्ष रहदा आयोगको विज्ञ सदस्य रहनुभएका कार्किले आज पत्रकार सम्मेलन गर्दै राजिनामा दिएको घोषणा गर्नुभएको हो । आयोगको विज्ञ सदस्यमा नियुक्ति हुनुभएको कार्की हाल नेकपा ९एमाले० मा प्रबेस भएकाले नैतिकताका हिसाबले उक्त पदमा बसिरहन उपयुक्त नभएकाले राजिनामा दिएको घोषणा गर्नुभएको छ ।

नेकपा एकीकृत समाजवादी को तर्फबाट विसं २०७८ चैत ४ गते विज्ञ सदस्यका रुपमा नियुक्त हुनुभएको कार्की विसं २०८० साउन ५ गते पाटिवाट राजिनामा दिएर नेकपा एमालेमा प्रबेश गर्नुभएको थियो । पाटि छाडेलगतै कार्कीको विज्ञ सदस्य पदबाट राजिनामाको माग गर्दै नेकपा एसले पत्रकार सममेलन गरेको थियो । तर कार्कीले आफु पाटि छाडेलगतै आयोगमा नियुक्त हुँदाको जिम्मेवारी पनी पार्टीको जिम्मेवारीसंगै नरहेको व्यहोरा सम्बन्धित पार्टीलाई बुझाइसकेको बताउनुभयो। उहाँले बि.सं २०८० साउन ३० गते नै जिल्ला भुमि आयोग तनह्ुँलाई स्पटपारी पत्रचार गरिसकेको बताउनुभयो ।

पार्टीलाई आफ्नो जिम्मेवारी नरहेको घोषण गर्दागदैपनी राजनीतिक चरित्र र व्यक्तिगत इमानदारितामाथि अफवाह फैलाउने गरी केही व्यक्तिहरुले रिसिवी साँधेर पत्रकार सम्मेलनको नाममा गरेको टिकाटिप्पणीप्रति गहिरो स्मरण रहेको बताउदै कार्कीले आज पत्रकार सम्मेलन गर्नुभएको थियो । उहाँले कानून , नियम र परिधिको अधिनमा रही सम्बन्धित पार्टीलाई आफ्नो स्थानमा नियुक्ति र निर्णय गर्न कुनै बाधा नपु¥याउने बताउनुभयो ।

सोहि क्रममा उहाँले आफु आयोगमा हुँदा व्यास नगरपालिका लगाएत जिल्लाका दशवटै पालिकाभित्रका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न दत्तचित्त भएर लागेको बातउनुभयो ।