तनहु तरङ्ग संम्वादाता | बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुदैछ । चुनावको मिति नजिकिदै गर्दा मतदाताको घर घरमा उम्मेद्वारहरु मत माग्न व्यस्त रहेका छन् । नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादी,जनमोर्चा,राप्रपा लगायतका विभिन्न राजनीतिक दलबाट उम्मेद्वारी बनेकाहरु घरदैलो अभियानमा तल्लिन हुन थालेका छन् । आफ्नो पक्षमा नेतृत्व हत्याउनको लागि यतिबेला सबै उम्मेद्वार कम्मर कसेर लागेका छन् । बिशेषगरी व्यासनगरपालिकाको नेतृत्व हत्याउन नेपाली काँग्रेसको तर्फबाट बैकुण्ठ न्यौपाने,,एमालेसंग गठबन्धन गरी स्वतन्त्र उम्मेद्वारबाट दीपकराज जोशी,नेकपा माओवादी केन्द्रका अतिन्द्रकेशरी न्यौपाने,बिबेकशील साझाबाट रमेशप्रसाद आचार्य लगायतका उम्मेद्वारहरु सक्रिय रुपमा लागेका छन् । आफ्नो पक्षमा माहोल खडा गर्न यतिबेला उम्मेद्वारहरु मतदाताहरुको मन जित्ने गरी भेटघाट कार्यलाई तीब्रता दिदै आएका छन् ।
तनहुँका दश पालिका मध्ये नौ पालिकामा प्ुरानै अनुहारको हाबी भएकोले मतदाताले पुरानै अनुहारलाई पुन ः मत दिएर जिताउछन् कि नयाँ अनुहारलाई प्राथामिकता दिन्छन् भन्ने बिषयलाई पनि खुब चासोका रुपमा हेरिएको छ । एक कार्यकाल नेतृत्व लिइसकेका जनप्रतिनिधीले अनुभवको आधारमा विकास निर्माणको खाका कोर्न सजिलो हुने भएकोले एक पटक पुन ः पुरानै नेतृत्वलाई स्थान दिनु एक थरीका कार्यकर्ताहरुको राय छ । त्यसैगरी एक कार्यकाल सम्मालि सकेका जनप्रतिनिधीलाई पटक पटक स्थान दिनु गलत भएकोले नयाँ अनुहारलाई स्थान दिनुपर्छ भनेर सुझाव राख्दै आएको पाइन्छ । त्यसकारण मतदाताले हाम्रो भन्दा पनि राम्रो उम्मेद्वार पहिचान गरी आफ्नो अमूल्य मत दिने छन् ।
ककस्को चिन्ह के ?
तनहुँको व्यासमा ११ जनाले मेयर पदकोलागीे उमेदवारी दिएका छन । ति मध्य ४ महिला र ७ जना पुरुष गरी ११ जनाले उमेद्धार दिएका हुन । नेपाली काँग्रसको तफबार्ट बैकुण्ठ नाथ न्यैपाने मेयरका उमदवार रहेका छन । तेस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट अतिन्द्र केशर न्यौपाने , विवेकशील साझा पार्टीबाट रमेश प्रसाद आचार्य, राब्ट्रिय प्रजातन्त्र पार्टीबाट दौलत अीधकारी, नेपाल कम्युनिष्ट पाटी माक्र्सवादी लेनिनवादीबाट अन्जना थापा ,राब्ट्रिय जनमुतिm पार्टीबाट मिना थापा ,मंगोल नेशनल अर्गनाइजेसनबाट अनिता थापा मगर ,मौलिक जरोकिलो पार्टीबाट रमेश पौडेल, स्वतन्त्रबाट दिपक राज जोशी, पार्वती कार्की, धन बहादुर परियार रहेका छन् । सबै पार्टीलाई वा स्वातन्त्र ब्याक्तिलाई र्निवाचन कार्यलयले चुनाब चिन्ह उपलब्द गराइसकेको छ । नेपाली काँग्रसलाई रुख , नेपाल कम्युनिष्ट पार्टी माओवादीलाई गोलोकारभित्र हसिया, विवेकशील साझा पाटीलाई तराजु, राब्ट्रिय प्रजातन्त्र पाटीलाई हलो, नेपाल कम्युनिष्ट पाटी माक्र्सवादी लेनिनवाद हँसिया तारा,,राब्ट्रिय जनमुतिm पार्टीबाट धर,मंगोल नेशनल अर्गनाइजेसनबाट कुखुराको भाले,मौलिक जरोकिलो पाटीबाट किबोर्ड सहितको कम्प्युटर, स्वातन्त्रबाट दिपक राज जोशीलाई कैंची, स्वातन्त्रबाट पार्वती काकीलाइ खरार्यो , स्वातन्त्रबाट धन बहादुर परियारलाई खानेपानीको धारा प्रदान गरेको निर्वाचन कार्यलयले जनाएको छ ।